साना किसान सहकारीको साधारणसभा

सुर्खेत: साना किसान कृषि सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–३ सुर्खेतको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उत्तरगंगास्थित संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको साधारणसभाको कर्णाली प्रदेश सभामुख नन्दा गुरुङले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै सभामुख गुरुङले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरूको पुँजीलाई संकलन गरी उनीहरूको जीवनस्तर सुधार गर्नमा महŒवपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरिन् । उनले किसान र मजदुरहरूको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरू सञ्चालन भइरहेको समेत बताइन् ।

स्थापना दिवसको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको संस्थाका अध्यक्ष बिन्द्रा थापाले जानकारी दिइन् । अन्तरसमूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता, म्यूजिकल चियर, बेलुन फुटाउने प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा सदस्य सम्मान, औषधि उपचार, अपाङ्ग सदस्य सहयोग, उत्कृष्ट कृषकलाई पक्की टनेल वितरण गरिएको थियो । यसैगरी शेयर सदस्यका छोराछोरीमध्येबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कृत गरिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७९, मंगलवार ०५:०२