शाहीको ‘समय सकस’ लोकार्पण

सुर्खेत: लेखक बसन्ती शाहीको गैरआख्यान ‘समय सकस’ लोकार्पण गरिएको छ । शनिवार वीरेन्द्रनगरमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकको लोकसेवा आयोगका सदस्य भक्तबहादुर खड्का, कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाही, साहित्यकार डा. महेन्द्र मल्ल, लेखक डा. नवराज केसी, कवि देवकी तिमिल्सिनालगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । उनीहरूले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तकले कोरोना अवधिमा भएको वास्तविकता र यथार्थ चित्रण गरेको बताएका छन् ।

कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यसमेत रहेकी शाहीले ‘समय सकस’ मा कोरोना संक्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गरेकी छिन् । तत्कालीन समयमा आमनागरिकले भोग्नु परेको अप्ठोरोलाई पुस्तकमा उतारिएको शाहीले बताइन् । लकडाउनको ५३ दिनको त्रास, भय र दुःख निवन्धमार्फत व्यक्त गरिएको छ । कोरोनाले पारेको प्रभाव, क्षति, त्यसको रोकथामका लागि चालिएका कदमलाई पनि पुस्तकमा समेटिएको छ ।
फिनिस बुक्सले पुस्तक प्रकाशन गरेको हो । साहित्यकार शाहीको यसअघि ‘कर्णालीकी बुहारी’ निबन्ध संग्रह पनि प्रकाशन भएको छ ।

प्रकाशित मितिः   १२ चैत्र २०७९, आईतवार ०५:०१