परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गराउने निर्णय

sarkar_madhesiकाठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचनसम्वन्धी विधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न दलहरुलाई आग्रह गरेका थिए।

बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्वन्धी कानूनलाई आवश्यक परिमार्जन सहित पारित गर्न सकारात्मक भूमिका खेल्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उप प्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा वादल, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, ह्दयेश त्रिपाठी, अशोक राईलगायत सहभागी थिए।

प्रकाशित मितिः   २९ पुष २०७३, शुक्रबार १४:१४