वीरेन्द्रनगर उत्कृष्ट घोषित

सुर्खेत: वीरेन्द्रनगर उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघले गरेको मुल्याङ्कन छनोटनमा वीरेन्द्रनगर वन वातावरण, जलवायु परिवर्तन र उत्थानशीलतामा उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो ।

विभिन्न सूचकका आधारमा उत्कृष्ट नगरपालिका छनोट गर्न समिति गठन गरिएको थियो । सोही समितिले गरेको सिफारिसका आधारमा वीरेन्द्रनगरलाई उत्कृष्ट नगरपालिका छनोट गरिएको नेपाल नगरपालिका संघले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका उत्कृष्ट नगरपालिका घोषित हुनु गर्वको विषय भएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘हामीले विभिन्न क्षेत्रमा काम गरिरहेका छौँ तर काम गरे अनुसारका उपलब्धीहरू हासिल भइरहेका छन्,’ ढकालले भनिन्, ‘अझै नगरलाई समुन्नत बनाउने यो अभियानलाई सार्थक बनाउन हौसला प्रदान गरेको छ । आगामी दिनमा नगरवासीका चाहनाअनुसार नै सुन्दर र समुन्नत वीरेन्द्रनगर बनाउनमा कुनै कसर बाँकी राख्ने छैनौँ ।’

प्रकाशित मितिः   १ चैत्र २०७९, बुधबार ०८:४०