कृषि विकास बैंक कर्मचारी संघको प्रदेश अध्यक्षमा रिजाल

सुर्खेत: कृषि विकास बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेशको अध्यक्षमा सुमन रिजाल चयन भएका छन् । संघको शनिवार वीरेन्द्रनगरमा भएको ११औँ अधिवेशनले रिजालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा विद्या सापकोटा, सचिवमा ललित बुढा मगर, सहसचिवमा राजेन्द्र थापा र कोषाध्यक्षमा चन्द्रमा आचार्य चयन भएका छन् । त्यसैगरी सदस्यमा विष्णु गुरुङ, भरत सिंह, शैलेन्द्र रिजाल, यज्ञप्रसाद पौडेल, जगतबहादुर भण्डारी र धनबहादुर कार्की रहेका छन् ।

प्रदेश अधिवेशनले ६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू पनि चयन गरेको छ । जसमा खगेन्द्र भण्डारी, खगेन्द्र न्यौपाने, प्रमोद शर्मा, सुमन खनाल, कुशल पौडेल र राजेन्द्र थापा छन् । संघको केन्द्रीय महाधिवेशन आगामी चैत १७ देखि १९ गतेसम्म भक्तपुरमा हुने ननिर्वाचित प्रदेश अध्यक्ष रिजालले जानकारी दिए । प्रदेश अधिवेशनमा कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रीय संयोजक लिला जिसीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७९, आईतवार ०५:०१