नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन हुँदै

सुर्खेत: कर्णालीमा नमुना संयुक्त राष्ट्र संघ सम्मेलन आयोजना गरिने भएको छ । वैचारिक युवा समाजले अमेरिकी दूतावाससँगको सहकार्य र अमेरिकन कर्नर सुर्खेतको समन्वयमा फागुन २८ देखि ३० गतेसम्म दोस्रो प्रादेशिक नमुना संयुक्त राष्ट्र संघ सम्मेलन आयोजना गर्न लागेको हो ।

कोभिड–१९ को महामारीका कारण २०२१ मा रोकिएको कार्यक्रम यसपटक गर्न लागिएको हो । सम्मेलनमा सहभागी युवाहरू विभिन्न राष्ट्रहरूका प्रतिनिधि बनेर विभिन्न विषयमा आफू परेको देशको वर्तमान र विगतको अवस्थाबारे छलफल गर्ने जनाइएको छ । ५० देखि ७० जना सदस्यहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको हो । सहभागीहरूले बहस, अनुसन्धान, नेतृत्वसँग सम्बन्धित सीपहरू सिक्ने आयोगकले जनाएको छ ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७९, मंगलवार ०५:०१