संक्रमणकालमा लोकतान्त्रिक गणतन्त्र

पृथ्वीबहादुर सिंह

१०४ वर्षे निरंकुश राणा शासनविरुद्ध उठेको २००७ सालको जनक्रान्तिपछि राजा, राण र नेपाली कांग्रेसबीच त्रिपक्षीय दिल्ली शान्ति सम्झौता भयो । प्रजातन्त्र प्राप्तपछि जनतामा ज्यादती र ब्रह्मलुट गर्ने उनै राणा श्री ३ मोहन शमसेर प्रथम प्रधानमन्त्री बने । जनसंविधान बनाउन संविधान सभाबाट दिल्ली शान्ति सम्झौता भएको दरबारले तत्काल कम्युनिष्ट पार्टीमा प्रतिबन्ध मात्र लगाएन संविधान सभामा निर्वाचन नगरी, पार्टीमा अल्पमत परेका व्यक्तिलाई प्रधानमन्त्रीमा फेरबदल गर्दै २०१५ सालमा संविधानमा आफ्नो निरंकुश अधिकार आफैसँग राखी दरबारिया संविधान दियो । त्यही संविधानको आधारमा महेन्द्रले आम निर्वाचन घोषणा गरे । कम्युनिष्ट पार्टीहरूले राजाले दिएको दरबारिया संविधानमा भाग लिन हुँदैन सल्लाह दिँदा पनि नेपाली कांग्रेस निर्वाचन गएपछि कम्युनिष्ट पार्टीले पनि भाग लियो । निर्वाचनबाट कांग्रेस दुई तिहाई मत लिएर संसद्मा उपस्थित भयो । विपी कोइरालाको नेतृत्वमा एक दलको मन्त्रिमण्डल गठन भयो । लामो समय बहुदलीय प्रजातन्त्र स्थापित रहेमा दरबारको अधिकार जनताले खोस्ने सम्भावना देखेर दरबारिया निरंकुश तŒवले दुई तिहाईको सरकार र बहुदल पार्टीहरू निलम्बन गरी २०१७ पौष १ गते पार्टीका नेतृत्वलाई आठ वर्ष जेलको यात्रा पठाइएको थियो ।

एकदलिय पञ्चायती प्रजातन्त्रको नाममा ३० वर्ष नेपाली जनताले निरंकुश दासना भोग्नु प¥यो । २०३६ सालमा जनविद्रोह हुँदा राजा वीरेन्द्रले ‘बहुुदल कि निर्दल चाहान्छौँ ?’ भनी जनमत संग्रहको घोषणा गरे । यसपटक पनि बामपन्थिले पञ्चायतका सबै तह बिघटन गरेर बहुदलीय सरकार बनाई जनमत संग्रहमा जानुपर्ने माग राखे । तर पनि कांग्रेसले पञ्चायतका कुनै निकाय खाली नगरी जनमत संग्रह घोषणा गरी मतदानमा भाग लिँदा बहुदल पराजय भएको थियो । सुधारिएको पञ्चायती व्यवस्था घोषणा गर्दा कांग्रेसका महामन्त्री पर्शुनारायणजस्ता पञ्चायत प्रवेश गरी पञ्च भएका थिए ।

फेरि पनि नेपाली जनताले बहुदलीय प्रजातन्त्रको लागि जेल जीवन बलिदान दिएर १० वर्षसम्म जनविद्रोह गरी भारतीय पुँजीपतिको स्वार्थ पूरा नहँुदा भारतीय नेता चन्द्रशेखर काठमाडौं आएर २०४६ सालको जनक्रान्ति सुरु गराउन उद्घोष गरेपछि मात्र पञ्चायती व्यवस्थाले अलिकति घुडा टेकि वीरेन्द्रले संसदीय राजतन्त्र सहित पुनःबहुदलीय प्रजातन्त्र घोषणा गरे ।

खाना नपाएर ख्याउटीएका वामपन्थी र दक्षिणपन्थीहरू सरकारमा गएर २०४८ सालमा दरबार र बहुदल पार्टीहरूको सहमतिमा संविधान जारी गरे । यहि संविधानको धारामा टेकी संसदीय निर्वाचन हुँदा एमाले पार्टीले आलोचनासहित र जनमोर्चाले कालो संविधान भनी २०४८ सालको संसद्को आम निर्वाचनमा भाग लिए । नेपाली कांग्रेसले एक माना सरकार बनाउने मत पाएर सरकार बनायो । भारतीय भरपर्दो दलाल को हो भन्ने मतभेदमा कृष्णप्रसाद भटराई पराजय भए । गिरिजाप्रसाद कोइराला विजयी भइ बहुमतको सरकार प्रमुख बने । प्रधानमन्त्री बनेपछि गिरिजाले आफ्नो विदेश भ्रमण पहिलो दिल्ली दरबार बनाएर गए । पुनः बहुदलीय प्रजातन्त्र प्राप्तिमा नाकाबन्दी गरी सहयोग गरेवापत सीमाको साझा महाकाली नदिको टनकपुरमा विद्युत उत्पादन भारतलाई एकलौटी सन्धि गरी आए । संसद्को दुई तिहाई मतबाट देशका महŒवपूर्ण प्राकृतिक सम्पदा दिन संविधान उल्लेख भए अनुसार विपक्षी पार्टी एमाले संसद्मा महाकाली बारे स्पष्टिकरण माग्दा गिरिजाप्रसादले बैठकमा सन्धी होइन सम्झौता हो भनी सुतेर ढलेका थिए ।

यो सन्धी संसद्बाट पास गराउन दिल्लीले भारतीय माक्र्सवादी पार्टीका महासचिव सिताराम यचुरिलाई एमाले महासचिब मदन भण्डारीसँग अनुमोदन गर्न कुटनैतिक चाल गरेर पठायो । तर मदन भण्डारीले नमान्ने अडान लिए । पार्टी कामले हिँडिरहेका मदनलाई षड्यन्त्रपूर्वक त्रिसुलीमा हालेपछि महाकाली सन्धि रातारात १२ बजे संसद्बाट पास भयो ।

शेरबहादुर देउवा पश्चिम साम्राज्यवादको छायामा उभिएपछि सरकारमा जाने पार्टीभित्र संसदीय मोर्चामा मतदान गर्दा गिरिजा अल्पमत परेपछि मद्यावधि निर्वाचन घोषणा गरे । यो मद्यावधिमा एमाले पार्टी ठूलो भएर आयो । त्यो पार्टीले मनमोहन अधिकारीको नेतृत्व अल्पमतको सरकार बनायो । अल्पमतको सरकार नौ महिना मात्रै चल्यो । सर्वोच्च अदालतको फैसलाअनुसार बहुमत पु¥याएर शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

२०५१ को मध्यावधि निर्वाचन बहिष्कार गरेको जनमोर्चा पार्टीका नेता डा. बाबुराम भट्टराई ४५ बुँदे संविधानमा संशोधनको माग लिएर शेरबहादुर देउवासँग गए । माग पूरा नभएपछि माओवादी पार्टी सशस्त्र युद्ध घोषणा गरी जंगल पसे । १० वर्षमा देशले धनजनको ठूलो क्षति बेहोर्नु मात्र परेन नरमपन्थी राजा वीरेन्द्रको सपरिवार वंश नारायणहिटी दरबार हत्या काण्ड भयो । दरबार हत्याकाण्डपछि विधिवत राजा हुन आएका राजा ज्ञानेन्द्रले शाही सेनाको बलमा संकटकाल घोषणा गरे । निरंकुशता देवता आङमा चढाउँदै संसदीय पार्टीहरूका नेताहरूलाई निगरानीमा लिएर देश छोडेर श्रीलंका पुगेका पाश्चर तुल्सी गिरीलाई कार्यकारी उपाध्यक्ष बनाई आफू अध्यक्ष बनेर निरंकुशतन्त्र आएको सन्देश दिए ।

आमने–सामने बन्दुक उठाएका संसद्वादी र माओवादी १२ बँुदे दिल्ली सम्झौता गरेर संयुक्त जनआन्दोलन गर्न तयार भए । २०६२÷०६३ को संयुक्त जनआन्दोलनले राजा ज्ञानेन्द्र झुक्न बाध्य भइ ‘जनताको नासो जनतालाई फिर्ता’ गरेर संसद् ब्युँताए । संविधानसभा निर्वाचनपछि संसदीय राजतन्त्र बनाउन दिल्लीले पुनः काश्मिरी राजघरानाका करणसिंह नेपालका राजघराना नातेदार पठाएर ज्ञानेन्द्रलाई संसदीय राजतन्त्रमा बसभन्दा मानेनन् । त्यही भएर संविधान सभाबाट २५० वर्ष राज गरेको राजसंस्थाको नेपालबाट विधिवत अन्त्य गरियो ।

साम्राज्यवादी प्रभुत्ववादी अनुकूलको संविधान निर्माण गर्न दुई पटक संविधान सभाको निर्वाचन गर्नुप¥यो । आठ वर्षपछि जनसंविधान घोषणा भएपनि सिक्कीम, भुटान, श्रीलंका, पाकिस्तानजस्तो बनाउन केही खुला नभएकोले चार महिना भारतको नाकावन्दी देशले भोग्नु प¥यो । त्यही जन संविधानको आधारमा दुई पटक संसदीय निर्वाचन हुन गएकोे छ । प्रथम संसदीय निर्वाचनमा एमाले र माओवादी एक भएर चुनाव जाँदा दुई तिहाई मत लिएर सरकार बनाए । तर ढाई वर्षमा सरकार जाने विषय मतभेद हँुदा अल्पमत पर्दा दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । तर सर्वोच्च न्यायलयले अन्तिममा बहुमत ल्याएर सरकार बनाउ भन्यो । विभिन्न रूपमा फर्केका पाँच वटा पार्टीहरू मिलाएर बहुमत खडा गरि कांग्रेस नेता शेरबहादुर देउवा परमादेशबाट सरकार प्रमुख बने । एमाले भनौदो दल बढी समय संसद् बहिष्कार गरेर बस्यो ।

२०७९ को संसदीय निर्वाचनमा ठूलो पार्टी बनेपनि एकमाना सरकार बनाउने मत कांग्रेसले पाएन । दरबारीय गन्ध आउने राप्रपाको समानुपातिक मतबाट उनै श्री ३ मोहनशम्शेर जबराका छोरा जर्नेल संसद्को ज्येष्ठ सदस्य बनी सांसदहरूलाई शपथ खुवाए । उनै सामन्ती राणाले खुवाएको लोकतान्त्रिक गणतन्त्र स्थापित होला ? उही पाँच दलीय गठबन्धन मिलाएर उनै शेरबहादुर देउवा सरकार प्रमुख हुने धृष्टता गरेपछि माओवादी प्रचण्ड पुनः फर्किएर एमाले र अन्य साना दल मिलाएर सरकार प्रमुख बन्न पुगेका छन् । यसरी लोकतान्त्रिक गणतन्त्र नेपालका पार्टीमा साम्राज्यवादी प्रभुत्ववादी दलाल पार्टीहरूको नेतृत्वमा पु¥याउने, विजयी बनाउने, बहुमत ल्याउन नदिने, अझै द्वन्द्व बढाउने, प्राकृतिक अमुल्य स्रोत साधन र मानवीय श्रम लुट्ने, राज्य विभाजन–विलय बनाउने, लोकतान्त्रिक गणतन्त्र स्थायित्व हुन नदिन अझै सक्रिय छन् । चलखेल गरिरहेका छन् । लोकतान्त्रिक गणतन्त्र संक्रमण कालमा छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७९, आईतवार १६:४८