गाउँपालिका महासंघमा केसी

सुर्खेत: गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको अध्यक्षमा निमबहादुर केसी चयन भएका छन् । प्रदेशको दोश्रो अधिवेशनबाट शुक्रवार महासंघ कर्णालीको अध्यक्षमा सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष केसी चयन भएका हुन् । त्यस्तै, कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेशबहादुर केसी उपाध्यक्ष बनेका छन् । महासंघको सचिवमा चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही चयन भएका छन् ।

त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको सहसचिवमा शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाही चयन भएकी छन् भने कोषाध्यक्षमा सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर शाही चुनिएका छन् । महासंघको सदस्यमा प्रेमकला शाही, वीरेन्द्रबहादुर शाही, कलावती न्यौपाने, बुद्धकुमारी खत्री, भरत गिरी, मिना खड्का, कर्ण रोकाय, गीता शाही, छविराम सुवेदी र खड्क विक छन् ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७९, शनिबार ०५:०१