किसान महासंघमा गिरी
सुर्खेत: अखिल नेपाल किसान महासंघ सुर्खेतको अध्यक्षमा विनोदकुमार गिरी चयन भएका छन् । महासंघको बिहीवार भएको जिल्ला अधिवेशनले गिरीको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा विष्णुकुमारी खड्का, सचिवमा गजबहादुर केसी, सहचिवमा चन्द्र पुरी र कोषाध्यक्षमा टेकनारायण चपाईं चयन भएका छन् ।
अधिवेशनमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलसहित, जिल्ला कमिटि अध्यक्ष अमृतबहादुर बिसी, महासंघका प्रदेश अध्यक्ष बखत भण्डारीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १२ फाल्गुन २०७९, शुक्रबार १६:२८
साझा बिसौनी ।