बृहत् विमर्शसहित सकियो उत्सव

सुर्खेत: विविध विषयमा विमर्श गर्दै कर्णाली उत्सवको चौथो संस्करण समापन गरिएको छ । शुक्रवारदेखि सुरु भएको उत्सव तीन दिन सञ्चालन गरेर आइतवार समापन गरिएको हो ।

बुलबुले उद्यानमा भएको उत्सवमा आइतवार समाज, राजनीति, समावेशीता, डिजिटल डेमोक्रेसीदेखि लगानीसँग सम्बन्धी विविध विषयमा छलफल गरिएको छ । यसका साथै गजल साँझ गरेर उत्सव समापन गरिएको हो ।

तीन दिने उत्सवमा १६ वटा सत्रमा बहस गरिएको हो । पहिलो दिन ‘कर्नाली खेल्दो छ’, ‘यो शहर, त्यो रहर’, ‘भोट–भेट’, ‘शिक्षा र समर्पण’ लगायतका सत्र सञ्चालन गरिएको थियो । त्यसैगरी दोस्रो दिन ‘दलित दलिल’, ‘भोक र भोजन’, ‘रेडियोको रस’, ‘संघीयताका पाँच वर्षः कति विस्मात, कति हर्ष’, ‘कर्णाली नदी प्रणाली’, ‘कर्णालीमा लगानी’ लगायतका विषयमा बहस गरिएको हो ।

उत्सव आयोजक समितिका संयोजक कमल लम्सालले कर्णालीको सम्भावनाको खोजी गर्न बहसले सहयोग पुु¥याउने बतए । उनले भने, ‘जुन उदेश्यले कार्यक्रम सञ्चालन भएको थियो । त्यो उद्देश्य पूरा भएको छ ।’

प्रकाशित मितिः   ८ फाल्गुन २०७९, सोमबार ०५:०२