प्रदेश अस्पताललाई प्रतिष्ठान बनाइने
सुर्खेत: कर्णाली प्रदेश अस्पताललाई तीन वर्षभित्र स्वास्थ्य प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्नेगरी काम अघि बढाइएको छ । भौतिक पूर्वाधारका साथै स्वास्थ्य सेवामा सुधार भइरहेको भन्दै अस्पतालका निर्देशक डा. डम्बर खड्काले आगामी तीन वर्षमा प्रतिष्ठानको रूपमा स्तरोन्नति गरिने जानकारी दिए ।
१७औँ स्थापना दिवसको अवसरमा आइतवार अस्पतालको बारेमा जानकारी दिँदै खड्काले दीर्घकालिन योजना बनाएर काम भइरहेको बताए । यसका साथै बाल अस्पतालको निर्माण गरी सेवा प्रवाह गर्ने, क्यान्सर रोगीको उपारका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने योजनासमेत अस्पतालले अघि सारेको छ । डा. खड्काका अनुसार मुुटुुका रोगीहरूको लागि क्याथ ल्याव तथा डाक्टरको सुविधासहित सेवा सँचालन र ट्रमा सेन्टर स्थापना र सँचालन गर्ने योजना बनाइएको छ ।
अस्पतालको सेवा सुधार भएसँगै सुुदूरपश्चिम र लुुम्बीनी प्रदेशका विरामीहरूलाई समेत सेवा दिँदै आएको बताए । भौतिक सुधारका साथै सेवामा विस्तार गरिएको उनको भनाइ थियो । यो वर्ष मृगौला प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । अस्पतालले भवनको तला थप निर्माण कार्यको थालनी गरेको छ । एम.आर.आइ. मेशिन खरिद प्रक्रियामा रहेको तथा एक सय ५० शैड्ढयाबाट दुुई सय ५० शैड्ढयामा अस्पताल सञ्चालन गरेको निर्देशक खड्काले जानकारी दिए ।
यसैगरी अस्पतालले अप्थाल्मोलोजि, डर्माटोलोजी, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा थप गरेको छ । अक्शिजन प्लान्ट तथा पाइपलाइन जडान तथा सञ्चालन गरिएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडा प्रक्रियामा रहेको छ । यो वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य विमा सुरु गरेको छ ।
यसैबीच प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अस्पतालले सेवामा बढोत्तरी हासिल गर्न सफल भएको भन्द्र प्रशंसा गरेका छन् । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भएको हरेक सफलताले आफू उत्साहित बनेको उनको भनाइ रहेको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीलाई सरकारले पनि प्राथमिकतामा राखेको छ’ शर्माले भने, ‘सेवाको बढोत्तरीका लागि नितिगत व्यवस्था आवश्यक छ ।’
कार्यक्रममा सहभागी सामाजिक विकासमन्त्री टेकराज पछाईले स्वास्थ्य क्षेत्रमा चुुनौतीका चाङ्ग रहेको बताए । नागरिकको हितमा सहज स्वास्थ्यमा पहुँच पुुग्न नसकेको उनको भनाइ छ । दुुरदराजका नागरिकले स्वास्थ्य उपचार सहज रूपमा पाउन नसकिरहेको अवस्था अन्त्य गर्न ठोस योजना बनाएर अघि बढ्ने मन्त्री पछाईले जनाए । ‘हरेक योजना हचुुवाको भरमा गरिदाँ रकमान्तरण गर्नुपर्ने, स्वास्थ्य योजना तर्जुुमा प्रभावकारी नहुुँदा दिर्घकालिन काम हुन सकिरहेको छैन ।’ साथै प्रदेश अस्पताललाई प्रतिष्ठानको रूपमा अघि बढाउन विभिन्न चरणमा अध्ययन गरिने समेत बताए ।
प्रकाशित मितिः ८ फाल्गुन २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।