फेरिँदै खरको छाना

सुर्खेत: विपन्न परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्न सञ्चालन गरिएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम कर्णालीका लागि प्रभावकारी बनेको छ । बर्सेनि आगलागीको जोखिममा रहने यहाँका बस्तीमा उक्त कार्यक्रम लागू भएसँगै खरका छानालाई जस्तापाताले विस्थापित गरेका छन् ।

संघीय सरकारले सञ्चालन गरेको यो कार्यक्रम अन्तर्गत अहिले कर्णालीका धेरै पालिकाहरूमा जोखिमयुक्त घरहरू पुननिर्माण भइरहेका छन् । जुम्लाको तोतोपानी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न यो वर्ष पाँच सय १२ घरधुरी छनोट गरिएको छ । नागरिकको बसोबासलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालन भएको कार्यक्रम पालिकामा निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष चन्द्रप्रसाद चौलागाइले बताए । उनी भन्छन्, ‘पालिकामा खरको छानोमुक्त घर कार्यक्रम लागू भएको छ ।’

ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न र दलित वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिएको छ । खरका छाना विस्थापित गर्नुका साथै विभिन्न प्राकृतिक विपद्ले क्षति पु¥याएका घर पुननिर्माणका लागि समेत सहयोग गर्ने गरिएको छ । विपद्ले क्षति पु¥याएका धेरै नागरिकलाई यो कार्यक्रमले सघाउ पुुगेको अध्यक्ष चौलागाईं बताउँछन् । छाना फेर्नका लागि संघीय सरकारले प्रतिघरपरिवार ७५ हजारका दरले रकम दिने गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म ५० हजारका दरले रकम उपलब्ध गराउने गरिएको थियो ।

जुुम्लाकै चन्दननाथ नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत नौ सय घरधुरी छनोटमा परेका छन् । खरको छानो फेर्नका लागि वडामार्फत आवेदन माग गरिएको थियो । पछिल्लो चरणमा धेरै नागरिकलाई कार्यक्रममा समेट्न सकिएको नगरपालिकाका प्रमुुख राजुुसिंह कठायतले बताए । ‘विपन्न परिवारलाई यो कार्यक्रमले थप टेवा पुुगेको छ’ उनले भने, ‘नागरिकले सुरक्षित छानामुुनी बस्न पाएका छन् ।’ यो कार्यक्रमले नागरिकलाई न्यानो आवासमा बस्न ठूलो मद्दत पुुगेको उनको भनाइ छ । सबैलाई एकै चरणमा समेट्न नसकिएता पनि प्राथमिकताका आधारमा समावेश गर्ने गरेको अध्यक्ष चौलागाईंले जनाए । बढी आवश्यक भएकालाई पहिलो प्राथमिकतामा राख्ने गरिएको उनको भनाइ छ । विपद्बाट पीडित परिवारसमेत यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

हिमा गाउँपालिकामा गत वर्षदेखि कार्यक्रम लागू भएको हो । यो वर्ष चार सय ४० घरधुुरीलाई खरको छानोमुुक्त गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनले भने, ‘कार्यक्रम निकै प्रभावकारी छ । विशेष गरेर विपन्न वर्गलाई प्राथमिकतामा राखेर छनोट गरेका छौँ ।’ आर्थिक स्रोत न्यून भएका वर्गका लागि कार्यक्रम फलदायी मानिएको उनको भनाइ छ । ‘भत्किएको घर मर्मत गर्न नसकेर असुरक्षित बसोबास गरिएको समुदायलाई सुरक्षित बासको व्यवस्थापन भएको छ’ शाहीले भने, ‘गरिबीका कारण घरलाई मर्मत गर्न नसक्ने अवस्थाका नागरिकलाई यस कार्यक्रमले टेवा पुुगेको छ ।’

जुम्ला जिल्लामा सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी मानिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुुम्लाका इन्जीनीयर चन्द्र खड्काले जानकारी दिए । आवश्यकताको आधारमा घरधुरी छनोट गरेर छानो फेर्ने गरिएको उनले बताए । खड्काकाअनुुसार जुुम्ला जिल्लाभर तीन हजारभन्दा बढी घरधुुरीको छाना फेरिएका छन् । आवश्यकताको आधारमा कार्यक्रमको म्याद थप गर्ने गरिएको उनको भनाइ छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम देशैभरी २०७५ सालबाट लागू भएको हो । कर्णालीमा यो कार्यक्रम जाजरकोटबाट सुरु भएको थियो । सहरी विकास मन्त्रालय मार्फत कार्यान्वयन गरिने सहरी विकास योजना, आवास योजना, भवन निर्माणमा समावेशी सिद्धान्तलाई अवलम्बन गरी कार्यक्रम सञ्चालन भइरहेको छ । नागरिक सुरक्षित आवास कार्यक्रम संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयनमा रहेको छ । विपन्न, ज्येष्ठ नागरिक, लक्षित समुुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७९, आईतवार ०५:०५