तेस्रो खेलमा पनि कर्णाली पराजित

सुर्खेत: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश लगातार तेस्रो खेलमा पराजित भएको छ । मंगलवार भएको खेलमा प्रदेश नं. १ सँग कर्णाली १० विकेटले पराजित भएको हो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो । कर्णालीले दिएको लक्ष्य प्रदेश–१ ले ४ ओभर ५ बलमा विना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा ग¥यो । प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोडिन । काजल श्रेष्ठ १३ रनमा अविजित रहिन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो । कर्णालीका रमा बुढाथोकीले १८ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रदेश–१ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १÷१ विकेट हात पारिन् ।

जितसँगै प्रदेश–१ ले ३ खेलमा ६ अंक जोडेको छ । प्रदेश–१ समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ । कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मितिः   ४ माघ २०७९, बुधबार ०५:०१