भेरीगंगाको योजना : आधुनिक शहर, वातावरणमैत्री नगर
वातावरणमैत्री नगर बनाउने योजनासहित भेरीगंगा नगरपालिकाको तेस्रो नगर परिषद सोमवार सम्पन्न भएको छ । परिषद्ले वातावरणमैत्री र नमूना नगर बनाउने योजना पारित गरेको छ ।
परिषदले चालु आर्थिक बर्षका करिब १३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ का लागि १२ करोड ९० लाख ९० हजार ८ सय रुपैया बराबरको बजेट सार्वजनीक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष ०७४÷७५ का लागी १२ करोड ३४ लाख ५३ हजार ८ सय १० रुपैया बराबरको बजेट प्रस्ताव गरेको छ ।
परिषदले यस आर्थिक बर्षमा कृषिमा आत्म निर्भर बनाउँनका लागी बाझो जमिनलाई भाडाँमा लिएर भएपनि सदुपयोग गर्ने निर्णय गरेको छ । यस्तै नगरमा वातावरण मैत्री घर बनाउने, फोहोर व्यवस्थापनका लागी ल्याण्डफिल्ड साईडको निमार्ण गर्ने, नगरका गतिबिधिबारे जानकारी दिन मोवाईल एप्सको प्रयोग सुरु गर्ने लगायतका योजना अगाडी सारेको छ ।
नगरको नीती तथा कार्यक्रम प्रस्तुत गर्दैै कार्यकारी अधिकृत रामप्रसाद शर्माले यसै आर्थिक बर्षमा कृषि, शिक्षा, खानेपानि, खेलकुद, बिद्युत लगायतका क्षेत्रको बिकासका लागी योजनाबद्ध तरीकाले काम गर्ने बताए । उनले भौतिक संचरना निमार्ण तथा भुकम्प प्रतिरोधक भवन निमार्ण गर्न र सहर बजारमा नक्सा पास गर्दा ५ वटा बहुबर्षिय फलफूलका बिरुवा अनिर्वाय रुपमा लगाउनु पर्ने नियम बनाएको उल्लेख गरे । त्यसैगरी यसै आर्थिक बर्षमा नगरलाई थप झिलिमिली बनाउँन ३ वटा प्रमुख बजारमा सोलार जडान गरीने कार्यकारी अधिकृत शर्माले जनाए ।
२०७१ सालमा स्थापना भएको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका सडक, पुल, खानेपानी आयोजना, शहर व्यवस्थापन लगायतका योजनाहरू निर्माण गरेर दीर्घकालिन रूपमा अघि बढाउन थालेको छ । भेरी किनारामा रहेको यो नगरपालिकालाई हरित र आधुनिक शहर (स्मार्ट सिटी) को रुपमा स्थापित गर्ने योजनाहरु शुरू देखि नै कडाइका साथ लागु गर्ने थालेको नगरपालिकाले सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
भेरी आधुनिक शहर निर्माण गर्ने उदेश्यले रामघाट, छिन्चु, मैनतडा, मेहलकुना लगायतका गाविसलाई समेटेर यस अघि स्मार्ट सिटीको अध्ययन गरिएको थियो । भेरीगंगा नगरपालिकाले पनि समग्र नगर क्षेत्रको समग्र विकास, आवश्यक सेवा सुविधाहरुलाई फराकिलो पार्दै स्मार्ट सिटीको अवधारणामा रहेर योजना निर्माण गरिरहेको जानकारी शर्माले दिए ।
उनले व्यवस्थित शहरीकरण सहरी सेवा व्यवस्थापन र कृषि संरक्षणको लागि भू–उपयोग नितिमा आधारित ल्याण्ड पुलिगको अवधारणा अघि बढाएको बताए ।
जिल्लाका सरोकारवाला निकायसंगको समन्वयमा नगरपालिकाको स्वीकृत गुरुयोजनालाई कार्यान्वयमा जोड दिएको तर्क शर्माको छ । नगरपालिकामा भुकम्परहित भवन निर्माण, फोहोर व्यवस्थापन, सीटी सिभिल कोड लगायतका योजनाहरु सञ्चालनमा ल्याएको बतायो । नगरपालिकाले आधुनिक शहरसंगै नगरपालिकाको सामाजिक विकास, सुशासन तथा संगठन, कृषि, वातावरण, स्वास्थ्य एवं सरसफाई सम्वन्धि नीति निर्माण गरेर योजनाहरु तयार गरिएको शर्माले उल्लेख गरे ।
कार्यक्रममा सांसद लालबहादुर घलेले भेरीगंगा नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउँनका लागी सधै दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । उनले नगरलाई सम्बृद्ध बनाउनका लागी सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै बजेटलाई सहि सदुपयोग गर्नु पर्नेमा जोड दिए । यस्तै नेकपा एमालेका नगर अध्यक्ष लालमणि पौडेलले बिकास निमार्णका सवालमा राजनीति नगर्न आग्रह गदै आफनो तर्फवाट सक्दो सहयोग गर्ने बताए । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ठम्बर बिष्टले नगरको समग्र बिकासका लागी आफनो दलले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनीधि,स्वंम सेबिका,स्थानीय नागरीक लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १९:२६
साझा बिसौनी ।