कर्णालीमा कोरिया रिटर्न ग्रुप गठन

सुर्खेत: कर्णाली प्रदेशमा दक्षिण कोरिया रिटर्न ग्रुप स्थापना गरिएको छ । रोजगारीका लागि कोरिया पुगेर फर्केका युवाहरू संगठित भएर कोरिया रिटर्न ग्रुप गठन गरेका हुन् ।ग्रुपको अध्यक्षमा निरेन्द्रहादुर थापा, बरिष्ठ उपाध्यक्षमा जनकबहादुर थापा, उपाध्यक्षमा अशोक गौतम र खगेन्द्र लम्साल छन् भने महासचिवमा बखत थापा, सचिवमा रविन खत्री र राधा खड्का (बस्नेत) तथा कोषाध्यक्षमा कुलप्रसाद अधिकारीलाई चयन गरिएको छ । सदस्यहरुमा जीवन पाण्डे, नारायण खनाल, प्रेमबहादुर थापा, सन्तबहादुर रावत, इन्द्रप्रसाद लामिछाने छन् ।

ग्रुपको सल्लाहकारमा तुलस गुरुङ, लक्ष्मीनारायण बस्नेत, केशव तिवारी, लोकेश खत्री, लक्ष्मीप्रसाद ढकाल र सजनबहादुर रावत रहेका छन् । आपसी सद्भाव र सहयोग स्थापित गर्दै सामाजिक कार्यमा सक्रिय रहन ग्रुप गठन गरिएको संस्थापक एवम् सल्लाहकार तुलस गुरुङले जानकारी दिए ।

प्रकाशित मितिः   २५ पुष २०७९, सोमबार ०२:०२