पाइनियरको साधारण सभा सम्पन्न

सुर्खेत: पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष भीमबहादुर भण्डारीको अध्यक्षता र केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद थानीको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।

सभामा दिइएको जानकारी अनुसार संस्थाको शेयर पुँजी आठ करोड ५० लाख ५६ हजार पुगेको छ भने १८ करोड २५ लाख २७ हजार बचत भएको छ । त्यसैगरी ४८ करोड १६ लाख ३६ हजार ऋण लगानी गरेको सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ४० लाख ७८ हजार नाफा गरेको छ ।

सभामा संस्थाका अध्यक्ष भण्डारीले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष मानबहादुर शाहीले आर्थिक प्रतिवेदन, ऋण उपसमिति संयोजक कृष्णबहादुर भण्डारीले ऋण समिति प्रतिवेदन, लेखा समिति संयोजक रूपेश खत्रीले लेखा प्रतिवेदन पेस गरेका थिए ।

प्रकाशित मितिः   २४ पुष २०७९, आईतवार ०५:०१