जनहितकारीको स्थापना दिवस
सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले आफ्नो २४औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाएको छ । एक सातासम्म विभिन्न गतिविधि गरेको संस्थाले सोमवार मूल समारोह गरेर दिवस समापन गरेको हो ।
पुस ८ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन ८७ जना नयाँ शेयर सदस्यहरूलाई सहकारी शिक्षा शिविर सञ्चालन गरिएको थियो । त्यसपछि पुस १२ गते एक सय १७ जना ज्येष्ठ सदस्यहरूको स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श सेवा, १३ गते विभिन्न विद्यालयहरूमा लागुऔषध तथा दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रम, १६ गते सरसफाई कार्यक्रम तथा १७ गते करिब तीन सय ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरिएको संस्थाका सूचना अधिकारी भोजप्रसाद आचार्यले जानकारी दिए ।
सोमवार मूल समारोह गरेर पुरस्कार वितरण तथा सम्मानसहितका कार्यक्रम गरिएको छ । समापन समारोह संस्थाका कोषाध्यक्ष नवराज कँडेलको अध्यक्षता एवम् वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा वीरेन्द्रनगर–४ का वडाअध्यक्ष शेरबहादुर के.सीको पनि सहभागिता रहेको थियो ।


साझा बिसौनी ।