सरकारले किन्यो जलविद्युत आयोजनाको सेयर

सुर्खेत: कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर खरिद गरेको छ । डोल्पामा निर्माण हुने अर्धजलासययुक्त जगदुल्ला जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर कर्णाली सरकारले लिएको हो । यसअघि सरकारले सेयर खरिद गर्ने निर्णय गरेको थियो । आयोजनाले बिहीवार सेयर खरिद बापतको प्रमाण–पत्र प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आयोजनाका प्रमुख सञ्जय सापकोटाले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सेयर प्रमाण–पत्र हस्तान्तरण गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले उक्त कित्ता सेयर प्रति कित्ता एक सयका दरले ११ करोड ७१ लाख ५० हजार रूपैयाँमा किनेको हो ।

प्रकाशित मितिः   १५ पुष २०७९, शुक्रबार ०५:०१