पूर्वतयारी योजनाका लागि मस्यौदा तयार
सुर्खेत: शिक्षा क्षेत्रका लागि प्रदेशस्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार भएको छ । कर्णाली प्रदेशको राजधानीमा भएको दुई दिने कार्यशालाबाट मस्यौदा तयार पारिएको हो । दश वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरु, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, मानव शंसाधन विकास केन्द्रका पधादीकारीहरु त्था प्रदेश शिक्षा समूहका सदस्यहरुको सहभागिता कर्णाली प्रदेशको शिक्षा क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार पारिएको हो । विपद्का क्षेत्रहरु बाढी, पहिरो, भुकम्प, महामारी, हिमपातलगायत प्रदेशमा देखा पर्ने विपद्मा केन्द्रित रहेर योजना निर्माण गरिएको हो । प्रदेशभित्र देखापर्न सक्ने विपद्बाट शिक्षा क्षेत्रमा पर्ने प्रभाव कम गर्ने र आपतकालीन अवस्थामा बालबालिकाको पठनपाठन सुचारु गर्ने उद्देश्यले योजनाको मस्यौदा तयार पारिएको छ । आठ परिक्षेद र विभिन्न अनुसूचि रहेको मस्यौदाले कर्णाली प्रदेशमा पर्नसक्ने विभिन्न प्रकोपहरुको परिदृश्य तयार गरी प्रदेशको संकटासन्नता सम्मुखता, क्षमता र जोखीमको विश्लेषण गर्दै दुई दिनको कार्यशालाबाट कर्णाली प्रदेशस्तरीय शिक्षा क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले परिस्थितिको प्रभावकारी सामना गरी पठनपाठन सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ । यसैगरी कर्णाली प्रदेशमा पर्नसक्ने विभिन्न प्रकोपहरु बाढी, पहिरो, भुकम्प, महामारी, हिमपात आदीबाट पर्नसक्ने सम्भावित असर तथा प्रभावहरुको विश्लेषण गर्दै ती प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण तथा व्यवस्थापन गर्न विविध रणनितीहरुसहित विशिष्टकृत क्रियाकलापहरु समावेश गर्दै योजना तर्जुमा गरिएको छ । योजना निर्माणको नेतृत्व कर्णाली शिक्षा समूहले गरेको छ । मर्सिकोर तथा समाज जागरण केन्द्र (स्याक नेपाल) द्वारा सञ्चालित इयुयुनिसेफको सहकार्यको कोभिड–१९ प्रतिकार्यः शिक्षा समूह सुदृढीकरण कार्यक्रमको आर्थिक, प्राविधिक सहयोग तथा सहजिकरणमा दुई दिने कार्यशालाबाट कर्णाली प्रदेशस्तरीय शिक्षा क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयारि गरियो ।
प्रकाशित मितिः १४ पुष २०७९, बिहीबार ११:५४
साझा बिसौनी ।