जीवनोपयोगी शिक्षा र प्रौढ सिकाइ विषयक बहस
सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा जीवनोपयोगी शिक्षा र प्रौढ सिकाइ विषयक बहस गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समिति सुर्खेतको आयोजना र सुन्दर नेपाल संस्थाको समन्वयमा जिवनोपयोगी शिक्षा र प्रौढ सिकाइ विषयक बहस गरिएको हो । व्यवहारिक प्रौढ सिकाइका बारेमा सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले सहजीकरण गरेका थिए । प्रौढहरुको व्यवहार विश्लेषण, सहभागी केन्द्रित शिक्षण विधिवारे उनले जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले व्यवहारिक शिक्षा, समयअनुसार पाठ्यक्रममा सुधार, साक्षरता अभियानलगायतका विषयमा चर्चा गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुले सामुदयिक सिकाइ केन्द्रको संस्थागत विकास, पाठ्यक्रममा सुधार, स्थानीय सरकारले निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षाका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई थप जिम्मेवार हुन ध्यानाकर्षण गरेका थिए । कार्यक्रम अनौपचारिक शिक्षा, जीवनोपयोगी शिक्षा तथा प्रौढ शिक्षामा जिल्लाको समग्र अवस्था, बर्तमान अभ्यास र सुधारका क्षेत्रहरु, कोरोना महामारीले यस क्षेत्रमा पारेको असर, स्थानी सरकारले प्रौढ शिक्षा, अनौपचारिक शिक्षा वा जिवनोपयोगी शिक्षाको निरन्तरतामा खेलेको भूमिका, नीतिगत तहमा रहेको अन्तरलगायतका विषयमा बहश गरिएको थियो । बराहताल गाउपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले स्थानीय सरकार निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि प्रतिवद्ध रहेको धारणा राखेकि थिइन् । कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला शाखा सुर्खेतका संयोजक भूपेन्द्र प्रसाद कँडेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मितिः १४ पुष २०७९, बिहीबार ११:४३
साझा बिसौनी ।