प्रमुख सेनानी मृत फेला
जुम्ला: जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रूपाखेती मृत अवस्थामा भेटिएका छन् । उनी सोमवार बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रूपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी माधव श्रेष्ठले जनाए । परिवारका सदस्य आएपछि रूपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको उनले बताए । रूपाखेती झुन्डिएको अवस्थामा भेटिएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टोलि नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः ११ पुष २०७९, सोमबार १९:०८
साझा बिसौनी ।