कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत
सुर्खेत: नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन् । शुक्रवार दलका सांसदहरूले बहालवाला मुख्यमन्त्रीसमेत रहेका शाहीलाई सर्वसम्मत दलको नेता चुनेका हुन् । कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले दलको नेतामा शाही सर्वसम्मत चयन भएको जानकारी दिए । यसअघि जाजरकोटबाट निर्वाचित राजीवविक्रम शाहले संसदीय दलको नेतामा आफ्नो पनि दाबी रहेको बताएका थिए । शुक्रवार शाहले पनि समर्थन गरेपछि शाही निर्विरोध दलको नेता चयन भएका हुन् । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिवार दलको नेता चयन गर्ने तयारी गरेको थियो । शुक्रवार अपरान्ह ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय दिइएकोमा त्यसअघि नै सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४ जना सांसद छन् ।
प्रकाशित मितिः ९ पुष २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।