बाढीपीडितलाई राहत वितरण

सुर्खेत: नेपाल रेडक्रस सोसाइटीले दैलेखका बाढीपीडितलाई राहत वितरण गरेको छ । रेडक्रस कर्णाली प्रदेशको समन्वय र ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा बाढी र पहिरो पीडितलाई राहत वितरण गरिएको हो ।

दैलेख जिल्लाका ११ वटै पालिकाका दुई सय ८८ घरधुरीलाई प्रति परिवार पाँच हजार एक सय ७५ रूपैयाँ नगद तथा त्रिपाल, कम्बल र सरसफाई सामग्री प्रदान गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले राहत हस्तान्तरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष भेषबहादुर थापाले ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै माननीय सेवामा समर्पित भएको बताए । ११ वटै पालिकासँगको समन्वयमा स्थानीयस्तरमै गरिएको उक्त राहत वितरण कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरू, रेडक्रसका प्रदेशका उपनिर्देशक सन्दिपकुमार मगरसहितको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ८ पुष २०७९, शुक्रबार ०५:०१