प्रादेशिक खाद्य प्रणाली सम्बन्धी समीक्षा

सुर्खेत: कर्णालीको खाद्य प्रणालीबारे समीक्षा गरिएको छ । विश्व खाद्य कार्यक्रमको आयोजनामा राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा सरोकारवालासँग छलफल तथा समीक्षा गरिएको हो । बुधवार भएको छलफलमा ६ वटा कार्य क्षेत्रमा रहेर काम गर्नेगरी रणनीतिक योजना तयार पारिएको छ । खाद्य तथा पोषण सुधारका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहँुचको सुनिश्चितता पहिलो प्राथमिकतामा राखिएको छ । आगामी दिनमा कार्यक्रम अघि बढाउँदा दिगो खालको उपभोगको पद्धतिको अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै, प्रकृतिलाई सकारात्मक प्रभाव पार्ने खालको उत्पादन प्रणाली लागू गर्ने, समन्यायिक खालको जीविकोपार्जन, खाद्य सम्प्रभुुता र खाद्य सुरक्षालगायतका योजना तयार पारिएको छ ।

जोखिम तथा विभिन्न विपद्हरूको विरुद्ध उत्थानशील खालको खाद्य प्रणाली निर्माण गरिने बताइएको छ । यसका लागि संघीय सरकार, प्रदेश सरकार र विश्व खाद्यले संयुुक्त रूपमा काम गर्ने विश्व खाद्य कार्यक्रमका संयोजक पुुष्प श्रेष्ठले बताए । उनले भने, ‘खाद्य तथा पोषणका क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा काम गरिनेछ, त्यसका लागि सरोकारवालाको सुुझाव संकलन र विगतका कार्यक्रमको समीक्षा गरिएको हो ।’ संघीय, प्रादेशिक तथा स्थानीय सरकारले तयार गरेका नीतिहरू एकआपसमा छलफल गरेर अघि बढ्ने उनको भनाइ छ । समीक्ष कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुुर शाहीले विकासको मूल प्रवाह कृषि क्षेत्रबाट सम्भव हुने बताए । उनले विद्यमान नीति तथा कार्यक्रम मात्र कार्यान्वयन हुन सके विकासले गति लिने विश्वास व्यक्त गरे । कर्णालीको मूल्यवान वस्तूले विदेशी बजार भरिनेगरी काम गर्नुुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७९, बिहीबार ०५:०३