कारबाहीको माग
सुर्खेत: गैरसरकारी संस्था महासंघले पञ्चपुरी नगरपालिका–३ तोक्मामा श्रीमतीको हत्या गरेको घटनालाई जोडेर सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई पहिचान गरी कारबाही गर्न माग गरेको छ । महासंघ कर्णाली प्रदेशले मंगलवार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । सामाजिक सञ्जालमा आवाज संस्थाको नाम उल्लेख गरी अभद्र व्यवहार देखिने गरी पोष्ट गरेको पाइएकाले ती व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न विज्ञप्तीमार्फत माग गरिएको छ । संस्थालाई आपेक्ष लगाइ सार्वजनिक रूपमा अभद्र व्यवहार देखिने गरी सामाजिक सञ्जालमा घटनालाई प्रोत्साहन हुनेगरी लेखिएको भन्दै महासंघले आपत्ति जनाएको छ । त्यस्ता व्यक्तिहरू पत्ता लगाइ कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘महिला, बालबालिकाहरूको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाको नाम किटान गरी अपराध गर्नका लागि उक्साउने अभिव्यक्ति दिने यस्ता घटनाको घोर भत्सना गर्दछौँ । यसमा गैरसरकारी संस्था महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रकाशित मितिः २८ मंसिर २०७९, बुधबार ०५:०३
साझा बिसौनी ।