माथिल्लो कर्णालीबारे के भन्छन, नागरिक ?

माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरुवातदेखि नै विवादित बन्दै आएको छ । यो आयोजनाको निर्माण सम्झौता भारतीय कम्पनी जीएमआरसँग भएको छ । यो सम्झौता राष्ट्रहित विपरित भन्दै केही दल र समूहले बारम्बार विरोध गर्दै आइरहेका छन् । आयोजनाको सम्झौता खारेज गरेर स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने माग विरोध गर्दै आएका दलहरुबाट राखिएको छ । तर स्थानीय बासिन्दा भने यो आयोजना निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउँछन् । करिब नौ सय मेघावाट क्षमताको यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्छ भन्ने माग तपाईंलाई कस्तो ? लाग्यो भनेर सहकर्मी गीता थापाले वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई सोधिकी छन् । प्रस्तुत छ उनीहरुको धारणा जस्ताको त्यस्तै :

prem-kandelनेपाल जलस्रोतम विश्वमा सबैभन्दा धनी ब्राजिल पछिको दोस्रो ठूलो मुलुक हो । नेपालमा जलस्रोतको प्रमुख स्रोत हिमालयबाट बग्ने नदीहरू स्रोत हुन् । हाल नेपालमा वर्षेनी बिजुलीको माग बढेको भए पनि उत्पादन माग अनुसारको भएको छैन । आज पनि नेपाल दैनिक लोडसेडिङ्गको मारमा बिजुली पुगेको सहर, सदरमुकाम, तराईको केही बजार भागमा खेपिरहेका छन् । नेपालका एक पक्षका नेताहरू नेपालको नदीनाला सबै भारतलाई बेचिरहेका छन् अर्का पक्षका नेताहरू माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिन्छ भन्छन् ।           – प्रेम कँडेल वीरेन्द्रनगर–१२

ramita-shahमाथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण स्वदेशी लगानीमा गर्ने र त्यसबाट उत्पादित बिजुलीले नेपालको लोडसेडिङ्ग कम हुने सम्भावना छ । तर, सरकार पक्ष नै नेपालको नदीनाला बेच्नलाई तयार रहेको अवस्थामा कसरी स्वदेशी लगानीमा माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण गर्न सकिन्छ । सत्तामा भएका नेताहरू देश बेच्नमा तत्लीन छन्, जो साना दलका नेताहरू स्वदेशी लगानीमा माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण गरौं भन्दै प्रदर्शन गर्दै हिँडिरहेका छन् । स्वदेशी लगानीमा विद्युत उत्पादन गर्नु भनेको राम्रो कुरा हो तर, यसमा सरकारको पूर्णरूपमा साथ र सहयोग त हुनैपर्छ । -रमिता शाह, लेखगाउँ

babita-shahiमाथिल्लो कर्णाली जलविद्युत परियोजनालाई विदेशी लगानीमा नभइ स्वदेशी लगानीमा हुनुपर्छ भन्ने माग एकदमै राम्रो हो । किनकी यदि विदेशी लगानीमा माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण भयो भने धेरै विद्युत बाहिर र थोरै विद्युत नेपालमा हुने भएकाले पनि स्वदेशी लगानीमा यो परियोजना निर्माण गर्न जरुरी रहेको छ । जुन यस परियोजनालाई स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने माग केही दलहरूले राखेका छन् त्यसमा सबै नेपाली जनताले साथ र सहयोग दिनुपर्छ । आँटे पनि असम्भव भन्ने कुनै काम हुँदैन त्यसैले नेपालीको आँट चाहिएको छ । नेपालीहरू आफ्नो देशको नदीनाला दलालको हातमा पार्न चाहदैनन् ।

-वविता शाही घाटगाउँ–६

dhanmaya-gurungनेपालमा सम्झौता गर्ने पक्षका केही व्यक्तिहरू यो परियोजनामा नेपाल आफैले लगानी गर्न सक्दैनन् भनेर सार्वजनिक रूपमा यो आयोजना भारतले मात्रै बनाउन सक्छ भनेर ढोल पिटिएका छन् भने केही अर्काे पक्षले भने यो परियोजना स्वदेशमै निर्माण गर्न सकिन्छ र निर्माण गर्नुपर्छ भनेर लागि परेका छन् । अहिले स्वदेशी कै लगानीमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना एउटा उदाहरण पनि हो । ४५६ मेगावाट बिजुली निर्माण हुँदै गरेको यो परियोजनामा स्वदेशी लगानी, स्वदेशी कामदार, इन्जिनियर सम्पूर्ण आयोजना नेपाल र नेपालीहरूको मात्रै छ ।                                                                               -धनमाया गुरुङ, लेखगाउँ–४

dipa-bhattaraiमाथिल्लो कर्णालीसँग नेपालीको भविष्य जोडिएको छ । कौडीको भरमा भारतीय कम्पनीलाई दिएर चार हजार एक सय ८० मेगावाट विद्युत उत्पादनको सम्भावनाकै हत्या गर्न खोजिएको छ । त्यसैले यो नेपाल र नेपालीहरूका लागि राष्ट्रघाती सम्झौता हो । यसलाई खारेज गर्न विभिन्न दलहरूका अभियान पनि सुरु भइरहेको छ । अभियानकर्ताहरूले यस सम्झौतालाई खारेज गरेर स्वदेशी लगानीमा परियोजना निर्माण गर्नुपर्छ भनेर राखेको माग पनि जायज नै छ । यसमा हामी सबै नेपालीहरूले साथ र सहयोग दिन आवश्यक छ । नेपालीकै लगानीमा यो परियोजना निर्माण गरेर नेपाललाई लोडसेडिङ्ग मुक्त देशको रूपमा अगाडि बढानुपर्छ ।                -दीपा भट्टराई, वीरेन्द्रनगर–१२

Exif_JPEG_420

माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई विदेशी लगानीमा होइन स्वदेशी लगानीमा निर्माण गर्नुपर्छ भन्ने केही दलहरूको विचार एकदम्रै राम्रो छ । माथिल्लो कर्णाली जलविद्युत परियोजना जुन सरकारले भारतसँग सम्झौता गरेको छ । यो साँच्चिकै राष्ट्रघाती नै छ । यसले नेपाल र नेपालीहरूलाई फाइदा होइन घाटातर्फ धकेल्छ । त्यसैले पनि यो परियोजना विदेशी लगानीमा होइन स्वदेशी लगानीमा हुनुपर्छ । त्यसका लागि केही दलहरू मात्र लागेर हुँदैन अब नेपालका युवाहरू नै सशक्त भएर लाग्न जरुरी छ । यदि नेपालको नदी नाला बचाउन र देशको विकासको लागि जस्तो सुकै आन्दोलन गर्न पनि तयार हुनुपर्दछ ।                   -अर्जुन थापा, वीरेन्द्रनगर–१२

mamata-bkबिजुलीको मागलाई सम्बोधन गर्ने खालको अहिलेसम्म ठूलो दीर्घकालीन आयोजना, परियोजना त भएका छैनन् । तर, माथिल्लो कर्णाली जलविद्युत परियोजनाको भारतसँग सम्झौता गर्नु भनेको नेपाल र नेपालीको लागि राष्ट्रघाती नै हो । यसलाई तत्काल खारेज गर्नु पर्दछ । विद्युतको उत्पादन भन्दा माग धेरै हुनाले जलविद्युतको अथाह सम्भावना भएर पनि मुलुकमा विकास, टेक्नोलोजी, आधुनिक सबै कार्यबाट नेपालपछि पर्नु परिरहेको छ । यसले गर्दा पनि माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्नसकेमा लोडसेडिङ्गको समस्या त हटेर जान्छ ।            -ममता विक, वीरेन्द्रनगर–१०

balika-paudelसरकार सञ्चालन नेपालले नभइ भारतले आफ्नो इसारामा चल्दै आइरहेको छ । भारतले जे भन्यो नेपाल सरकारले त्यही गर्दै आइरहेको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजना पनि भारतको इसारामा नै सम्झौता भएको हो । यसलाई खारेज गरिनुपर्छ र स्वदेशी लगानीमा यो परियोजनाको निर्माण गरिनुपर्छ । त्यसको लागि नेपालीहरूको साथ र सहयोग तथा एक्यवद्धताको आवश्यकता भने पर्छ । आफ्नै नदीनालाबाट उत्पादित विद्युत अर्काेको देशबाट किनेर हामी बाल्न बाध्य छौं अबका दिनमा यस्ता बाध्यता नेपालीहरूले भोग्न नपरोस् भन्नाका लागि पनि अब नेपाली जनता आफ्नो नदीनाला बचाउनको लागि एकजुट भएर लाग्नुपर्छ ।- बालिका पौडेल, लेखगाउँ

milan-kandelमाथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि भारतसँग गरिएको सम्झौता गलत हो नेपाल र नेपालीको लागि राष्ट्रघाती छ भन्ने कुरा अब हरेक नोपलीलाई बुझाउन जरुरी छ । तब मात्र सबै नेपाली एकजुट भएर दलालहरूको हातबाट हामी आफ्नो नदीनालालाई बचाउन सक्छौं । माथिल्लो कर्णाली सम्झौता खारेज गरेर स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने केही दलहरूको विचार एकदमै राम्रो र उपयुक्त छ । यसमा सरकारको साथको आवश्यकता छ । भारतले निमार्ण गर्ने भनिएको माथिल्लो कर्णाली जलविद्युत परियोजनाबाट नेपालीले कति प्रतिशत निःशुल्क विजुली पाउने थोरै नेपाललाई र धेरै भारतलाई हुन्छ ।

-मिलन कँडेल, वीरेन्द्रनगर–१२

प्रकाशित मितिः   २४ पुष २०७३, आईतवार १२:५४