विद्यालयलाई शौचालय हस्तान्तरण

सुर्खेत: विद्यालयका लागि शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको छ । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था तथा आरएमडीसीको वित्तिय सहयोगमा आधुनिक शौचालय निर्माण गरेर वीरेन्द्रनगर–९ चाँदनीचोकस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
६ लाखको लागतमा शौचालय निर्माण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका लागि शौचालय निर्माण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विकाश केसीले बताए । साथै आगामी दिनमा पनि वित्तीय सेवाका साथसाथै सामाजिक कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ निरन्तरता दिइने उनले जनाए । विद्यालयका प्रधानाध्यापक निमबहादुर शाहले सामुदायिक विद्यालयहरूको सुधारका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापनसमितिका कार्यवाहक अध्यक्ष पुरनबहादुर शाहीको अध्यक्षता तथा बौद्ध ग्रामीणका अध्यक्ष सिंहबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव पासाङ महतारा, सदस्य लक्ष्मण रोकाय, विद्यालय व्यवस्थापन समितिका सदस्य सुजा रोकाय तथा शिक्षक अभिभावक समितिका अध्यक्ष लोकबहादुर बुढाको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १९ मंसिर २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।