‘शून्यको मूल्य’ विमोचन

सुर्खेत: बाल रोग विशेषज्ञ डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ विमोचन गरिएको छ । कर्णालीको अवस्था र परिवेशलाई समेटिएर लेखिएको उक्त पुस्तक वीरेन्द्रनगरमा शनिवार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । डा. केसीकी आमा टीका केसीले पुस्तकको विमोचन गरेकी हुन् । गैरआख्यान ‘शून्यको मूल्य’ साङ्ग्रिला मिडिया गु्रप प्रालिले प्रकाशन गरेको हो । प्रालिका प्रकाशक एवम् लेखक आम्बिका गिरीले कर्णालीका आमा र बच्चालाई केन्द्रमा राखेर लेखिएको यो पुस्तक प्रेरणादायी र हरेक नीति निर्माताले पढ्नुपर्ने दस्तावेज रहेको बताइन् । उनले भनिन्, ‘पुस्तकले कर्णालीको विकासको कुरा गर्छ, कस्तो विकास गर्‍यो भने लक्षित वर्गले लाभ लिन सक्छन् भनेर नीति निर्माताको टेबुलमा यो पुस्तक हुन आवश्यक छ ।’ लेखक तथा अभियान्ता राधा पौडेलले ‘शून्यको मूल्य’ महŒवपूर्ण किताब भएको भन्दै त्यसबारे चर्चा गरेकी थिइन् । उनले ‘शून्यको मूल्य’ अभियानको एउटा बुलन्द आवाज रहेको बताइन् । लेखकले उक्त पुस्तकमा कर्णालीको स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरणको अवस्थालगायतका विषयवस्तुलाई गहन रूपमा समेट्ने प्रयत्न गरेका छन् । पुस्तकका लेखक डा. केसी सुर्खेतको वीरेन्द्रनगर निवासी हुन् । उनी लामो समयदेखि स्वास्थ्य क्षेत्रसँगै विभिन्न सामाजिक अभियानहरूमा पनि उत्तिकै सक्रिय छन् ।

प्रकाशित मितिः   १८ मंसिर २०७९, आईतवार ०५:०१