पूर्वमुख्यमन्त्री शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित

कालिकोटबाट नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीलाई आठ हजार ६४ मतान्तरले पराजित गरेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार चार सय ७४ मत पाए । एमालेका शाहीले १६ हजार चार सय १० मत पाएका छन् ।

यसअघि २०७० मा चुनाव जितेर संविधानसभा सदस्य भएका शाही २०७४ मा प्रदेशसभा सदस्यमा लडेका थिए । उनी कर्णाली प्रदेश सरकारका पहिलो मुख्यमन्त्री हुन् । यसपटक भने प्रतिनिधिसभा सदस्य बनेका छन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार १७:५६