आयोगको परीक्षा स्थगित

सुर्खेत: कर्णाली प्रदेश लोकसेवा आयोगले पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ । आयोगले बिहीवार सूचना जारी गरी पुुस महिनामा सञ्चालन हुने भनिएको स्थानीय तह सातौँ र आठौँ तहका पदहरूको परीक्षा स्थगित गरेको हो । अर्को सूचना नभएसम्मका लागि उक्त लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । कर्मचारीको स्थायी पदपूर्ति विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा मुुद्दा परेपछि हाललाई परीक्षा रोक्नु परेको बताइएको छ ।

आयोगले स्थानीय तह सातौँ र आठौँ तहका पदको लागि गएको असोज २५ गते विज्ञापन खुुलाएको थियो । आयोगका प्रवक्ता बुद्धिबहादुुर खत्रीले पदपूर्तिसम्बन्धी सबै सूचनाहरूको काम कारबाही सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्मका लागि रोकिएको बताए । प्रदेश निजामती ऐन जारी नहुुँदासम्म पदपूर्तिका विज्ञापन खोल्न नहुने माग राख्दै सर्वोच्च अदालतमा रिट परेको छ । निजामती सेवा ऐन नल्याउँदा वृत्ति विकासमा असर परेको भन्दै प्रदेश मातहतका कर्मचारीहरूले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार ०५:०१