सरकारले बुझ्यो स्थानीय तह पुनर्संरचना प्रतिवेदन

स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोगका अध्यक्ष बालनन्द पौडेलले स्थानीय तह ७१९ रहने गरी तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएका हुन् ।

आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचना संविधान र संघीयता कार्यान्वयनको कोषेढुंगा भएको बताएका छन् । उनले सबै दलको समझदारीमा यो प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । “यो प्रतिवेदन सानो मेहनतले बनेको छैन,” उनले भने, “अब यसलाई कार्यान्वयन गर्न के–के गर्नुपर्छ स्थानीय विकास मन्त्री र मुख्यसचिवलाई तयारी गर्न निर्देशन दिन्छु ।”

प्रकाशित मितिः   २२ पुष २०७३, शुक्रबार १७:४४