विद्यापुरमा वाणिज्य वैंकको शाखा पुनःस्र्थापना, मेहेलकुनामा नयाँ शाखा

राष्टिय वाणिज्य बैंक सुर्खेत शाखाले जिल्लामा आफ्नो सेवा थप विस्तार गर्ने भएको छ । बैंकले पश्चिम सुर्खेतका लागि विद्यापुरमा शाखा पुनस्र्थापना गर्ने भएको छ भने पूर्वी सुर्खेतका लागि मेहेलकुनामा नयाँ शाखा स्थापना गर्ने तयारी गरिएको छ ।

द्धन्द्धकालमा विस्थापित भएको विद्यालयको शाखा पुनस्र्थापना गर्न लागिएको हो । यसका लागि बैंकले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै विद्यालयबाट सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । पश्चिम सुर्खेतका जनताले पटक पटक विद्यालय शाखा पुनस्र्थापनाको माग गर्दै आएका थिए । करिब डेढ दशकपछि शाखा पुनस्र्थापना हुन लागेको हो ।

त्यसैगरी पूर्वी सुर्खेतका जनतालाई सेवा प्रदान गर्न सुभाघाट गङ्गामाला नगरपालिका अन्तर्गतको मेहेलकुनामा पनि नयाँ शाखा विस्तार गर्ने प्रक्रिया सुरु गरिएको छ । बैंकले भेरीगंगाका सरोकारवालाहरुसँग छलफल समेत गरिसकेको छ । उक्त छलफलमा वाणिज्य बैक सुर्खेतका प्रबन्धक होतराज योगीले ६ महिनाभित्र शाखा स्थापना गरिसक्ने प्रतिवद्धता जनाएका थिए । उनले नागरिकहरुलाई उनीहरुलाई पायक पर्ने गरी छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले दुई वटा शाखा थप गर्न लागिएको जानकारी दिए ।

विद्यापुर र मेहेलकुनामा शाखा स्थापना भएपछि बैंकको कामका लागि पूर्व र पश्चिमका नागरिकले सदरमुकाम वीरेन्द्रनगर धाउनु पर्ने छैन । पछिल्लो समय पूर्व र पश्चिममा जनसंख्या वृद्धि हुुनुका साथै आर्थिक कारोबार पनि बढ्दै गइरहेको छ । यसैलाई मध्यनजर गर्दै बैंकले सेवा विस्तार गर्न लागेको हो ।

प्रकाशित मितिः   २२ पुष २०७३, शुक्रबार ११:४०