तेस्रो खेलमा पनि कर्णाली पराजित
सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लगातार तेस्रो पराजय बेहोरेको छ । सोमवार सुदूरपश्चिम प्रदेशसँग पाँच विकेटले पराजित भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेकोे कर्णाली ३८.१ ओभरमा एक सय ५० रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ७० रन बनाए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक हो । सुवास ऐरले २२ बलमा पाँच चौका प्रहार गर्दै २४ रनमा आउट भए । कप्तान रविन्द्रजंग शाही सात, विपिन रावल शून्य, विपिन शाही दुई, हिमान्शु शाही ३८ बलमा एक चौकासहित १२, दीपेन्द्र रावत आठ, प्रकाश जैशी नौ, दिवान पुन एक र अनुज चनारा शून्यमा आउट भए ।
सुदूरपश्चिम प्रदेशका नारायण जोशीले ५.१ ओभरमा १६ रन खर्चेर चार विकेट लिए । तीव्र गतिका बलर हेमन्त धामीले १० ओभरमा एक मेडनसहित ३९ रन खर्चेर तीन विकेट लिए । गजेन्द्र बोहराले ६ ओभरमा २७ रन खर्चेर दुई विकेट लिए । मिलन बोहराले एक विकेट लिए ।
जितको लागि एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरको जितको लागि ओपनर गजेन्द्र बोहराले ५१ बलमा पाँच चौका र एक छक्कासहित ४१ रनमा आउट भए । शेर मल्ल ३३ बलमा तीन चौका र तीन छक्कासहित ३४ रनमा अविजित रहे । राजु रिजालले २९ बलमा चार चौका र एक छक्कासहित २४ रनमा अविजित रहे । टेक रावल १८, बसन्त खत्री ६, विरेन्द्र नाथ र दिपक टमाटा ९–९ रनमा आउट भए ।
कर्णालीका रविन्द्रजंग शाहीले १० ओभरमा एक मेडनसहित ५९ रन खर्चेर तीन विकेट लिए । दिवान पुनले १० ओभरमा तीन मेडनसहित २५ रन खर्चेर दुई विकेट लिए । लगातार तेस्रो हारसँगै कर्णाली प्रधानमन्त्री कपबाट बाहिरिएको छ । अघिल्लो चरण प्रवेश गर्नबाट वञ्चित भएपनि समूह चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रकाशित मितिः २२ कार्तिक २०७९, मंगलवार ०५:०१
साझा बिसौनी ।