हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै सुर्खेतमा प्रर्दशन

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै बिहिबार सुर्खेतमा प्रर्दशन भएको छ। देशभक्त नागरिक सङ्घर्ष समिति सुर्खेतको आयोजनामा प्रदर्शन गरिएको हो ।
वीरेन्द्रनगरस्थित मङ्गलगढीचौकबाट विभिन्न नारा लेखिएका प्लेकार्ड, र नारा बाजीसहित र्‍याली निकालेर बजार परिक्रमा गरिएको छ ।

नेपाललाई हिन्दु कायम गर्नुपर्ने, धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायतका मागसहित र्‍याली निकालिएको छ ।

पुस १७ गते मंगोलियन नेशनल अर्गनाइजेशन पार्टीले आफ्नो जिल्ला सम्मेलन तथा २८ औं स्थतापना दिवसमा सुर्खेतमा धार्मिक द्धन्द्ध निम्त्याउने र राष्ट्रियताविरुद्ध नारा लगाएको विरोध स्वरुप देशभक्त नागरिक संघर्ष समितिले आज प्रदर्शन गरेको हो ।

प्रकाशित मितिः   २१ पुष २०७३, बिहीबार १३:२५