वाईसीएल अध्यक्षमा वन
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) सुर्खेतको नयाँ कमिटी गठन भएको छ । विभिन्न माओवादी घटकहरूबीच एकता भएपछि
बुधवार भएको एकता भेलाले पदम वनको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका वन निर्विरोध निर्वाचित भएका हुन् । यस्तै यसअघिका अध्यक्ष अम्मर चन्द जिल्लाको सह–इन्चार्ज भएका छन् । नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा खिम पाण्डे, उपाध्यक्षहरूमा पदम शाही, धनबहादुर वली, मानबहादुर राना निर्वाचित भएका छन् । यस्तै सचिवमा रमेश परियार, सह–सचिवहरूमा सागर भारती, राजु तामाङ र सन्तोष विक निर्वाचित भएका छन् ।
कमिटीको कोषाध्यक्षमा नवराज कार्की चयन भएका छन् । यस्तैे अनुशासन आयोगको प्रमुखमा दत्त बराल, लेखासमिति प्रमुखमा किरण श्रेष्ठ चयन भएका छन् । ५१ सदस्यीय कमिटीको सदस्यहरूमा विकास नेपाली, भुपेन्द्र खनाल, खिमबहादुर वादी, रामचन्द्र पुरी, पदम खनाल, तिलक वली, विकल थापा, प्रकाश थापा, सन्देश पुन, प्रेम खड्का र जगत नेपाली रहेका छन् ।
अन्य सदस्यहरूमा सुर्प शाही, मानबहादुर परियार, हरि गाहा, रामचन्द्र विक, मानबहादुर राना, विक्रम राना, पदम राना, घनश्याम घर्ती, राजु पौडेल, डिलबहादुर खड्का, भीम बराल, पूर्ण बुढा, जय पुलामी, जनक थापा, अम्मर थापा, सूर्यबहादुर शाही, गणेश सलामी, भीमराज बस्नेत र चन्द्रकला राना लगायत रहेका छन् ।
प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १३:०६
साझा बिसौनी ।