भारतीय कप्तान धोनीले दिए राजीनामा

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय र टी–२० टिमको कप्तानबाट राजीनामा दिएका छन् । इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभरको क्रिकेटको कप्तानबाट राजीनामा दिएका हुन् ।

यद्यपि उनी विकेटकिपर ब्याट्सम्यानका रुपमा भने टिमका लागि भने अझै उपलब्ध हुनेछन् । उनले टेष्ट टिमको कप्तानबाट यसअघि नै राजीनामा दिइसकेका छन् ।

३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो । अब टेष्ट कप्तान विराट कोहलीले धोनीको स्थान लिने सम्भावना छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका छनोटकर्ताहरुले जनवरी ६ मा इंग्ल्याण्डसँगको श्रृङ्खलाका लागि टोली छनोट गर्ने योजना छ ।

प्रकाशित मितिः   २१ पुष २०७३, बिहीबार १२:५७