पौडेललाई ‘सोसल इम्प्याक्ट अवार्ड’
सुर्खेतः एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेल ‘सोसल इम्प्याक्ट अवार्ड २०२२’ बाट सम्मानित भएकी छिन् । एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका सवालमा केन्द्रित भइ काम गर्ने सामाजिक संस्थाहरूको संजालले पौडेललाई उक्त पुरस्कार प्रदान गरेको हो ।
पौडेल आवद्ध एक्सन वक्र्स नेपालले कर्णाली प्रदेशका जिल्लाहरुमा महिला तथा किशोरीका सवालमा काम गर्दै आएको छ । यो संस्थाले विशेषगरी ग्रामीण क्षेत्रमा प्रजनन स्वास्थ्य, गर्भपतनको कानूनी मान्यता, परिवार नियोजनका साधनहरूको प्रयोगबारे महिलाहरुलाई सचेतना बाँड्ने काम गर्दछ । त्यसका साथै सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्रीमा पनि सहयोग प्रदान गर्दै आएको छ ।
लामो समयदेखि पत्रकारिता पेसामा पनि क्रियाशील उनी हाल आउटलाइन मिडियामा कार्यरत छन् । भारतको तमिलनाडुमा आयोजित कार्यक्रममा पौडेलसहित एसियाका अन्य देशका महिलाहरुले पनि फरक – फरक विद्याका पुरस्कार पाएका छन् ।
प्रकाशित मितिः २ कार्तिक २०७९, बुधबार १०:५३
साझा बिसौनी ।