कर्णालीको फराकिलो हार

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबसँग कर्णाली प्रदेश फराकिलो गोलअन्तरले पराजित भएको छ । शनिवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन । लगत्तै खेलको नौऔँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् । खेलको १३औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८औँ मिनेटमा सावित्राले टोलीका लागि चौँथो गोल गदै ह्याट्रिक पूरा गरिन् । खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन । २७ औँ मिनेटमा अनिताले, ३६औँ मिनेटमा सरुले, ४५औँ मिनेटमा सावित्रा व्यक्तिगत चौथो गोलसँगै टोलीलाई नौ गोलको अग्रता दिलाइन् । सविता रानाले पहिलो हाफको इन्जुरी समयमा एपीएफका लागि १०औँ गोल गरिन ।

खेलको ४८औँ मिनेटमा सुरु लिम्बुले ह्याट्रिक पूरा गदै टोलीका लागि ११औँ गोल गरिन् । ५२ औँ मिनेटमा सावित्राले, ६१औँ मिनेटमा मनमाया लिम्बुले, ७१औँ मिनेटमा गिता रानाले र खेलको ८३औँ र ८६औँ मिनेटमा रविना गोलेले टोलीका लागि १५ औँ र १६औँ गोल गरिन् ।

प्रकाशित मितिः   ३० आश्विन २०७९, आईतवार ०५:०१