आचारसंहिताविपरीत काम गर्नेलाई कारबाही गर्न निर्देशन
सुर्खेत: निर्वाचन आयोगले निर्वाचन आचार संहिताविपरीत काम गर्ने कर्मचारी, प्राध्यापक, शिक्षकहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले बिहीवार कार्यालय प्रमुखहरूलाई आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन गरेको हो । आयोगले त्यस्ता कर्मचारी र शिक्षकहरूलाई विभागीय कारबाही प्रारम्भ गर्न भनेको छ । आयोगको निर्देशन बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई समेत निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोग सचिवालयले कारबाही प्रारम्भ गर्ने चेतावनी पनि दिइएको छ ।
त्यसैगरी, आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयन भए÷नभएकोबारे अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई पनि निर्देशन दिएको छ । आचार संहिता उल्लंघन तथा निर्वाचन खर्चको अनुगमन गर्न आयोगले प्रहरी र अनुसन्धान विभागका स्थानीय संरचना परिचालन गर्न भनेको हो । दल तथा उम्मेदवारबाट भए÷गरेका विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन पनि निर्देशन गरिएको छ ।
साझा बिसौनी ।