१६५ सीटमा २५२६ मनोनयन दर्ता
काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुइ हजार बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाका एक सय ६५ सीटमा दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दुई हजार दुई सय ९१ जना पुरुष र दुई सय ३५ जना महिला छन् ।
यसैगरी प्रदेशसभातर्फ कूल तीन हजार चार सय ७६ जनाले मनोनयन दर्ता गराएका छन् । तीन हजार एक सय ७८ पुरुष र दुई सय ९७ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार २१:२३
साझा बिसौनी ।