छैटौँ पटक उम्मेदवार बन्दै खड्का

सुर्खेत : नेपाली का‌ंग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का संसदीय निर्वाचनमा छैटौँ पटक उम्मेदवार बन्दैछन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएसँगै खड्का छैटौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनले आइतवार वारेसनामामार्फत जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७४ मा उनी सोही क्षेत्रबाट एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए ।

त्यसअघि २०४८, २०५१, २०५६ र २०७० मा उनी विजयी भएका थिए ।

प्रकाशित मितिः   २३ आश्विन २०७९, आईतवार १६:२९