प्रदेशसभा सदस्यमा मुख्यमन्त्री शाहीको मनोनयन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १(ख) बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

शाही २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसबाट विजयी हुने उनी एक्ला उम्मेदवार हुन् । शाहीले चार हजार पाँच सय १९ मत पाएर विजयी हुँदा माओवादी केन्द्रका विजय भण्डारीले तीन हजार नौ सय ९५ मत पाएका थिए ।

प्रकाशित मितिः   २३ आश्विन २०७९, आईतवार १२:५७