मानव अधिकार रक्षक नै असुरक्षित

सुर्खेत: कर्णाली प्रदेशमा मानव अधिकार संरक्षणका लागि क्रियाशील रक्षकहरू आफैँ असुरक्षित हुने गरेको पाइएको छ । मानव अधिकारको रक्षाका लागि पैरवी गर्ने उनीहरूको सुरक्षामा चुनौती देखिएको हो । सन् २०२१ मा गरिएको एक सर्वेक्षणले पेशा र लैंगिकताका आधारमा अधिकारकर्मीहरू असुुरक्षित रहेको जनाएको छ । उक्त वर्ष कर्णालीमा एक सय १४ जना मानव अधिकारकर्मीहरू हिंसामा परेको विवरण छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को तथ्यांकअनुुसार हिंसा तथा दुव्र्यवहारमा पर्ने रक्षकहरूमा सबैभन्दा धेरै सञ्चारकर्मी रहेका छन् । इन्सेक कर्णाली प्रदेशले गरेको अधिकार अनुुगमनमा सन् २०२२ जनवरीदेखि जुुनसम्मको प्रतिवेदन हेर्दा पनि पत्रकार तथा सञ्चारकर्मीहरू बढी असुरक्षित भएको देखिएको छ ।

जवाफदेहीता प्रवद्र्धन र दण्डहीनताको अन्त्यका लागि मानव अधिकारकर्मीहरूले काम गर्दै आए पनि उनीहरू आफैँ सुरक्षित हुन सकेका छैनन् । मानव अधिकारको संरक्षण तथा पीडितको पक्षमा पैरवी गर्नेहरू नै पीडक पक्षबाट उल्टै असुरक्षित हुनुपर्ने अवस्था रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी बताउँछन् । उनले मानव अधिकार रक्षकको अधिकारको संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगमा विशेष जिम्मेवारी तोक्नुपर्ने बताए । उनी भन्छन्, ‘मानव अधिकार रक्षक निर्देशिका–२०६९ को पालना हुनुप¥यो । पछिल्लो समय रक्षककै सुरक्षाका लागि पनि आवश्यक नीतिको खाँचो देखिएको छ ।’ मानव अधिकार रक्षकहरूको सुरक्षा, क्षमता विकास र सचेतना अभिवृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७९, शुक्रबार १९:१२