प्रदेश ६ को विशेष आर्थिक क्षेत्र जुम्लामा

 प्रदेश नम्बर ६ को विशेष आर्थिक क्षेत्र(सेज) जुम्लामा बनाउने तयारी गरिएको छ । सरकारले सात वटै प्रदेशमा एक-एक वटा विशेष आर्थिक क्षेत्र बनाउने प्रस्ताव तयार पारेको छ । उद्योग मन्त्रालयका अनुसार विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)ले सात वटै प्रदेशमा एक/एक वटा सेज बनाउने गरी मोडालिटी तयार पारेको छ ।

मन्त्रालयका उच्च अधिकारी र सेजका कार्यकारी निर्देशकलगायतको टिमले कुन ठाउँमा सेज बनाउने भन्ने बारेमा टुंगो लगाएको हो । जसमा प्रदेश नम्बर ६ को लागि जुम्लालाई प्रस्ताव गरिएको छ । जुम्लामा सेज बनाउनका लागि बनाउन आवश्यक पर्ने जग्गा खरिदका लागि ५० करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार सात वटै प्रदेशमा बन्न लागेको सेजमा पूर्व सम्भाव्यता तथा सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । त्यसैगरी, प्रदेश नम्बर एकको विराटनगर क्षेत्रमा जग्गा खरिद प्रक्रिया समेत अघि बढिसकेको छ ।

प्रकाशित मितिः   १९ पुष २०७३, मंगलवार २१:४६