चाडपर्वमा हवाइ भाडादर झनै चर्को
सुर्खेत: चाडपर्व भित्रिएसँगै काठमाडौं–सुर्खेत हवाइ भाडादर बढाइएको छ । सामान्य अवस्थामा समेत निकै महँगो हवाइ भाडा तिर्न बाध्य कर्णालीका नागरिकहरू यतिबेला थप मर्कामा परेका छन् । अहिले काठमान्डौंदेखि सुर्खेतका लागि हवाइ टिकटको मूल्य १५ हजार रूपैयाँसम्म पु¥याइएको छ । यो अहिलेसम्मकै उच्च भाडा दर हो । सोमवार साँझसम्म काठमाडौं–सुर्खेतको भाडा दर १४ हजार नौ सय ९५ रूपैयाँ रहेको छ । काठमाडौं–सुर्खेत न्यूनतम् आठ हजार पाँच सयदेखि अधिकतम् १४ हजार आठ सय ९५ भाडादर छ । तर, यतिबेला यात्रुहरूले अधिकतम् भन्दा पनि बढी तिर्नुपरेको भन्दै गुनासो गरेका छन् ।
हाल बुद्ध एयरले काठमाडौं–सुर्खेत दैनिक एउटा मात्रै उडान भर्दै आएको छ । बुद्ध एयरले विगत लामो समयदेखि काठमाडौं–सुर्खेत एउटा मात्र उडान गर्ने गरेको हो । चाडपर्व नजिकिँदै गरेपछि हवाइ भाडा दर पनि बढाइएको छ । सुुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल बुद्ध एयरलाइन्सले मनपरी भाडादर बढाउँदा नियामक निकाय मूकदर्शक बनेको बताए । उनले एकसाता अघिसम्म ११ हजारसम्ममा पाइने टिकट पछिल्ला दिनमा १५ हजारसम्म बनाइनु एयरलाइन्सको नियत ठीक नभएको टिप्पणी गरे । पछिल्ला दिनमा हवाइ भाडा दर निकै चर्को बनाइएको उनको भनाइ छ ।
बुद्ध एयरले काठमाडौं–सुर्खेत ४२ सिटे जहाज उडान गर्दै आएको छ । उक्त एयरलाइन्सका कम्यूनिकेशन म्यानेजर दिपेन्द्र कर्णले चाडपर्वको समयमा एकतर्फी मात्र यात्रु हुने भएकाले हवाइ भाडादर केही बढेको बताए । इन्धनको मूल्य बढेको र कम सीट क्षमताको जहाज भएकाले पनि कर्णालीमा पछिल्लो समय हवाइ भाडादर महँगो पर्न गएको उनको भनाइ छ ।
प्रकाशित मितिः ११ आश्विन २०७९, मंगलवार ०५:०१
साझा बिसौनी ।