पिपलबोटको २०औँ वार्षिक साधारणसभा सम्पन्न

सुर्खेत: वीरेन्द्रनगरमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा सभा सम्पन्न गरिएको हो ।

सभामा संस्थाका अध्यक्ष बलबहादुर सार्कीले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति–कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको बजेट, डिल्लीराम लम्सालले आन्तरिक लेखापरीक्षण प्रतिवेदन, मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, मानबहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

संस्थाको कूल पुँजी २४ करोड पुगेको जनाइएको छ । सभामा विभिन्न विद्यामा गरी २२ जना शेयर सदस्यहरू सम्मान तथा पुरस्कारसमेत वितरण गरिएको छ । संस्थाका अध्यक्ष बलबहादुर सार्कीको अध्यक्षता तथा पूर्वमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।

प्रकाशित मितिः   ९ आश्विन २०७९, आईतवार ०५:०१