महासंघको केन्द्रीय साधारण सभा सुर्खेतमा हुने

सुर्खेत: नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतमा हुने भएको छ । महासंघको बिहीवार सम्पन्न छैटौँ पूर्ण बैठकले केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गर्ने निर्णय गरेको हो ।

आगामी पुसको ८ र ९ गते सुर्खेतमा साधारण सभा गरिने महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा पहिलो पटक महासंघको केन्द्रीय साधारण सभा आयोजना गर्न लागिएको हो । सुर्खेत जिल्ला शाखा र कर्णाली प्रदेश शाखासँगको समन्वयमा सभा सम्पन्न गरिने उनले जनाए ।

त्यसैगरी प्रदेश शाखाहरूको साधारण सभा मंसिर १५ देखि पुस १ गतेसम्म र जिल्ला शाखाहरूको असोज ६ देखि कार्तिक मसान्तसम्म गरिसक्ने निर्णय समेत गरिएको छ । कोषाध्यक्ष सेजुवालका अनुसार महासंघको विधानअनुसार नयाँ सदस्यताको आवेदन र नवीकरणका लागि प्रदेश समितिमार्फत प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ । यसबाहेक विभिन्न १४ बुँदे निर्णय गर्दै बैठक सकिएको छ ।

प्रकाशित मितिः   ७ आश्विन २०७९, शुक्रबार ०५:०२