व्यावसायिक आचारसंहिता पालनामा जोड

 

सुर्खेत: सामाजिक जवाफदेहीतार सदाचारका सवालमा सरोकारवालबीच छलफल गरिएको छ । टान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आयोजना तथा नेपाल उद्योग वाणिज्य संघ कर्णाली प्रदेश र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा सोमवार वीरेन्द्रनगरमा व्यावसायिक आचार–संहिताबारे छलफल गरिएको हो । कार्यक्रमका सहभागीहरूले व्यावसायिक आचारसंहितालाई समयानुकूल परिमार्जन गर्दै सरोकारवालाको हित संरक्षणमा जोड दिइनुपर्ने बताएका छन् । टीआई नेपालका विज्ञ प्रतिनिधि डा. हेमन्त दबाडीले व्यावसायिक आचारसंहिताको पालना भए÷नभएका सम्बन्धमा अनुगमन गर्ने भरपर्दो संरचना आवश्यक रहेको औंल्याए । व्यावसायिक आचार–संहिताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उनले व्यावसायिक आचरणमा कतिपय प्रश्नहरू उठ्ने गरेको जनाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महानिर्देशक समेत रहेका दबाडीले व्यवसायिहरूलाई कर छली, झुठो विज्ञापन, व्यापारिक प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा हेलचक्य्राइँ र मूल्यमा ब्यापक अन्तर गरेर नाफा बढी निकाल्ने गरेको आरोप लाग्दै आएको बताए ।

व्यावसायिहरूले उपभोक्ता तथा सेवाग्राहीलाई विश्वास दिलाएर व्यवसाय सञ्चालन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले व्यवसायिहरूले उपभोक्ताको हित र विश्वासमा ख्याल गर्न जरूरी रहेको जनाए । नाफा कमाउने मात्र नभइ सामाजिक उत्तरदायित्वतर्फ पनि व्यवसायिहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । व्यवसायिले आफूहरू विद्यमान कानुन र आचार–संहितामा रहेर सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै प्रतिबद्ध रहेको दाबी गरेका थिए । नेपाल उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका उपाध्यक्ष प्रकाश उप्रेतीले व्यवसायायिहरूले सुशासन र पारदर्शीताका सवालमा गम्भीर बन्नुपर्ने भनदै भ्रष्टाचार र अनियमितता बढ्नुमा भने राज्यका निकायहरू नै बढी जिम्मेवार भएको उनको जिकिर थियो ।

टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले भ्रष्टाचार निर्मूल गरी सदाचार कायम गर्न नागरिक समाजको भूमिका महŒवपूर्ण हुने बताए । सुशासन, जवाफदेहीता र पारदर्शीताका लागि टीआईले निरन्तर पैरवी गर्दै आएको उनको भनाइ थियो । पछिल्लो समय समाजिक मूल्यमान्यताका कारण पनि हरेक पेसा व्यवसायमा भ्रष्टाचारजन्य गतिविधि मौलाएको छलफलका सहभागीहरूले बताएका थिए । सामाजिक जवाफदेहीता र सदाचारका सन्दर्भमा स्थानीयस्तरमा उठेका सवाललाई नीति निर्माण तहसम्म पु¥याउन मद्दत होस् भन्ने उद्देश्यले सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको टीआई नेपालले जनाएको छ । उक्त छलफलमा सुर्खेतस्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २८ भाद्र २०७९, मंगलवार ०५:०१