इम्प्रेशनको कर्णाली प्रदेश अध्यक्षमा बुढा

सुर्खेत: आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन (इम्प्रेशन नेपाल) कर्णाली प्रदेशको अध्यक्षमा निमबहादुर बुढा चयन भउका छन् । युनियनको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो भेलाले बुढाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

उपाध्यक्षमा बिमा गाहा ठाडा, सचिवमा रमेश विष्ट, सहसचिवमा सुरेन्द्र रेग्मी छन् भने सदस्यहरू बिमला सोती, गणेश रावल, महेश भट्टराई, धर्मराज थापा, गोविन्द पुरी चयन भएका छन् । युनियनको सल्लाहकारमा सतेन्द्र दर्लामीलाई चयन गरिएको छ ।

भेला इम्प्रेशन नेपाल केन्द्रीय कमिटी अध्यक्ष बालगोपाल थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले युनियनको उद्देश्य र महत्वका बारेमा जानकारी दिएका थिए । जिफन्टका कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले श्रमिकहरूका हितका लागि युनियनले काम गर्ने बताए । नवनिर्वाचत अध्यक्ष  बुढाले प्रदेशभरी इम्प्रेशनका सदस्यहरूलाई गोलबद्ध गर्ने, सबैलाई सामाजिक सुरक्षामा आवद्ध हुन प्रेरित गर्ने र आवश्यकता अनुसार तालिमहरू प्रदान गरी श्रमिकको क्षमतावृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   २६ भाद्र २०७९, आईतवार ०५:०४