फोटो पत्रकार महासंघमा उपाध्याय

सुर्खेत: नेपाल फोटो पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा रेवती रमन उपाध्यया चयन भएका छन् । सोमवार वीरेन्द्रनगरमा सम्पन्न महासंघको जिल्ला शाखाको तेस्रो अधिवेशनले उपाध्ययाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा नविनजंग शाही, सचिवमा भिमबहादुर परियार, सह–सचिवमा कल्पना ढेङ्गामगर र कोषाध्यक्षमा किरण रेग्मी सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यमा मदन आचार्य, लक्ष्मीप्रसाद पौडेल, भावना राना, गीता कटुवाल, ललिता विश्कर्मा र दिनेश बुढा सर्वासम्मत चयन भएको अध्यक्ष उपाध्ययाले जानकारी दिए । अधिवेशनमा नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष गोविन्द केसी र पूर्व जिल्ला अध्यक्ष यज्ञ खत्रीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २१ भाद्र २०७९, मंगलवार ०५:०१